साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
वि.सं.२०७९ असोज ३ सोमवार ०९:४४
shares

काठमाडौं, ३ असोज । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले बंगलादेशको सामना गर्दै छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने फाइनल खेल पछि साफले नयाँ विजेता पाउने छ ।
यस अघिका सबै ५ वटै संस्करणमा भारतले उपाधि जितेको थियो भने यो पटक भने भारत सेमिफाइनल मै रोकिएको थियो । खेल साँझ ५ बजे सुरु हुने छ । भारत विरुद्ध ऐतिहासिक जित निकालेको घरेलु टोली बंगलादेशलाई पराजित गरेर उपाधि उचाल्ने दाउमा रहेको छ । दोस्रो पटक फाइनल पुगेको बंगलादेश पनि आजको खेलमा जित निकाल्दै पहिलो उपाधि उचाल्ने दाउमा हुने छ ।
नेपाल पनि पाँचमध्ये चार संस्करणको फाइनमा भारतसँग पराजित भएको इतिहास मेटाउने लक्ष्यमा रहने छ । फाइन खेल अघिको पत्रकार सम्मेलनमा नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले यो पटकको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् । बताएका छन् ।















