Dhulikhel Eco Banner new

सन्दीप दशैँको भोलिपल्ट नेपाल आउँदै

5.16K
shares

काठमाडौं, १५ असोज । नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने अर्को हप्ता नेपाल आउने भएका छन् । लामिछानेले सामाजिक सञ्जामा स्ट्याटस् लेख्दै उनले असोज २० गते नेपाल आउने बताएका छन् । त्यो भनेको दशैँको भोलिपल्ट हो ।

सन्दीपले शनिबार सामाजिक संजाल फेसबुकबाट आफु असोज २० गते नेपाल आईपुग्ने बताएका छन् । सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाई लड्ने समेत बताएका छन् । उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको लेखेका छन् ।

सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । सन्दीपले १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।