Dhulikhel Eco Banner new

सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो

10.15K
shares

काठमाडौं, २० असोज । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशालामा लगिएको छ । बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर प्रहरी वृत्त गौशाला लगेको हो ।

उनको आजै स्वास्थ्य परीक्षण समेत गरिने प्रहरीले जनाएको छ । उनलाई अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । भोलिसम्म दशैँको विदा र पर्सि शनिबार भएकाले उनलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने छ ।