Dhulikhel Eco Banner new

श्रीलंकाको पहिलो जित, युएई ७३ रनमा अलआउट

3.69K
shares

काठमाडौं, १ कात्तिक । अष्ट्रेलियामा जारी टि–२० विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ । पहिलो खेलमा अनपेक्षित पराजय भोगेको श्रीलंकाले दोस्रो खेलमा युएईलाई ७९ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारीत २० ओभारमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको युएईले १७ ओभर १ बलमा ७३ रन बनाएर अलआउट भयो । युएईका लागि आयान अफजल खानले सर्वाधिक १९ रनको योगदान दिए । त्यस्तै जुनैद सिद्दिकीले १८ रनको पारी खेल्दा चिराग सुरीले १६ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । युएईलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका दुष्मन्था चमेरा र वानिन्दु हसरंगाले समान ३–३ विकेट लिए । त्यस्तै महेश थेक्षानाले दुई विकेट लिए भने दासुन शानका र प्रमोद मदुशनले समान १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि ओपनर पथुम निसानकाले ७४ रनेको अर्धशतकिय पारी खेले । त्यस्तै धनन्जय डी सिल्भाले ३३ रनको योगदान दिए । अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । युएईका लागि कार्तिक मयप्पनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै जहुर खानको नाममा २ विकेट रह्यो । अफजल खान र आर्यन लाक्राले १–१ विकेट लिए ।

पहिलो खेलमा नामिबियासँग पराजित भएको श्रीलंकाले अर्को चरणमा प्रवेशका लागि नेदरल्याण्ड विरुद्धको खेल जित्नै पर्ने हुन्छ ।