Dhulikhel Eco Banner new

भारत समूह विजेताका रुपमा सेमिफाइनमा, जिम्बाब्वे ७१ रनले पराजित

4.19K
shares

काठमाडौं, २० कात्तिक । अष्ट्रेलियामा जारी टि–२० विश्वकपमा भारत समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमो जिम्बाब्वेलाई ७१ रनले पराजित गर्दै भारत समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

आइतबारको पहिलो खेलमा दक्षिण अफ्रिका पराजितभएसँगै सेमिफाइनमा स्थान सुरक्षित गरेको भारतले जिम्बाब्वेलाई पराजित गरेपछि पाकिस्तान भने समूह उपविजेताका रुपमा सेमिफाइनमा पुगेको छ । मेलबर्नमा १८७ रनको लक्ष्य पाएको जिम्बाब्वे १७ ओभर २ बलमा ११५ रनमा समेटियो । उसका लागि रायन बर्लले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै सिकन्दर राजाले ३४ रनको पारी खेले । अन्यको प्रदर्शन सम्झन लायक रहेन् ।

जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि रविचन्द्र आश्विनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहमद सामी र हार्दिक पाण्डेले समान २/२ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्षर पट्टेलले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारी २० ओभरमा ५ विकेट गुमाएर १८६ रनको योगफल तयार पारेको थियो । उसका लागि ओपनर लोकेश राहुल र सूर्या कुमार यादवले अर्धशतक प्रहार गरे । राहुलले ५१ रनको पारी खेलेभने यादवले सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै पूर्व कप्तान विराट कोहोलीले २६ रन बनाए । जिम्बाब्वेका लागि सन विलियमसनले २ विकेट लिए ।

योसँगै सेमिफाइनलमा अब भारत र इंग्ल्याण्ड तथा न्युजिल्याण्ड र पाकिस्तान भिड्ने भएका छन् । भारत समूह विजेताबन्दा पाकिस्तान उपवेजेता बन्यो भने न्युजिल्याण्ड विजेताबन्दा इंग्ल्याण्ड उपविजेता बनेको थियो ।