Dhulikhel Eco Banner new

चुनावको तयारी तीव्र

3.97K
shares

काठमाडौं, २० कात्तिक । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी तीव्र पारिएको छ ।

चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।

“प्राप्त भएको मतपेटिका, मतपत्र, छेकावार, कोरा कपडा, स्वस्तिक छाप, मसीलगायत मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीलाई प्याकिङ गरेर तयार पारिएको छ”, उनले भने, “मतदाता शिक्षा अभियान सञ्चालनसँगै कर्मचारी व्यवस्थापनको तयारीमा जुटेका छौँ ।”

एक सय २० मतदान अधिकृत, एक सय २० सहायक मतदान अधिकृत, पाँच सय ९३ सहायक कर्मचारी, एक सय २० जना सहयोगी कर्मचारी मतदान केन्द्रमा खटाउन छनोटको प्रक्रिया थालिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयबाट कर्मचारीको विवरण सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराइएको छ ।