युएई विरुद्धको एकदिवसिए सिरिज नेपाललाई
वि.सं.२०७९ मंसिर २ शुक्रवार १६:२०
shares
फाइल तस्वीर
काठमाडौं, २ मंसिर । युएई विरुद्धको एकदिवसिए सिरिज नेपालले जितेको छ । शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा पाहुना टोलिलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज जितेको हो ।
युएईले दिएको १७७ रनको लक्ष्य नेपालल् ४०.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि आसिफ शेखले ८८ रनको योगदान दिए । त्यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ६४ रनको पारी खेले । अर्जुन साउदले ९ रन बनाए भने कप्तान रोहित पौडेलले १० रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले खाता समेत खोल्न सकेनन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलिले ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका आठौँ नम्बरमा ब्याटिङ गर्न आएका आयान अफजल खान उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ५४ रनको योगदान दिए । त्यस्तै अलिशान शराफुले सर्वाधीक ३३ रनको योगदान दिए । त्यस्तै रोहन मुस्तफाले २४ रनको पारी खेले । ९३ रनमा ९ विकेट गुमाएको युएईले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरेको थियो । त्यस्तै अन्तिम नम्बरका खेलाडी हजरत बिलाल पनि २० रनको महत्वपूर्ण योगदान दिए ।
युएईलाई सस्तैमा रोक्नेक्रममा नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुसल भुर्तेलले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजबंशीले १–१ विकेट लिए ।

















