Dhulikhel Eco Banner new

काभा भलिबल : तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने

6.97K
shares

काठमाडौं, १४ जेठ । काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानसँग नेपालको प्रतिस्पर्धा हुँदैछ । खेल आज बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद्को कभर्ड हलमा हुनेछ ।

तेस्रो स्थानका लागि घरेलु टोली नेपाल र उज्वेकिस्तान बीच प्रतिस्पर्धा हुन लागेको हो । घरेलु मैदानमा नेपाली टोलीले अघिल्लो खेलमा गरेको हलुका प्रर्दशनको कारण नेपाल कजाकस्तानसंग पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो ।

यस अघि नेपाल भारतसँग पराजित हुन पुगेसँगै आज तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुन लागेको हो ।