Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ४ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.73K
shares

काठमाडौं, २१ पुस । स्थानीय बजारमा सोमवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार प्रतितोला २ लाख ६० हजार ४ सयमा कारोबार भएको सुनको मुल्य सोमवार ४ हजार ६ सयले बढेर तोलामा २ लाख ६५ हजारमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मुल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य सोमवार तोलामा ४ हजार ६ सय ८५ रुपैयाँमा कायम भएको छ ।