Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ९ हजार ५ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.98K
shares

काठमाडौ, २२ माघ । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधवार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीवार घटेर प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ७२० रुपैयाँले घटेर बिहीवार ४ हजार ९ सय ८० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।