प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ फागुन १ शुक्रवार ११:०८
3.46K
shares
shares

काठमाडौं, १ फागुन । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीवार प्रतितोला ३ लाख ६ हजार ५ सयमा कारोबार भएको छापावाल सुन शुक्रवार घटेर प्रतितोला ३ लाख ३ हजार ५ सयमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ३४० रुपैयाँले घटेर शुक्रवार ५ हजार रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

















