प्रतितोला ३ हजार ३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ ६ बुधवार ११:२६
780
shares
shares

काठमाडौं, ६ जेठ । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य ३ हजार ३ सयले घटेको हो ।
महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ९५ हजार ३ सयमा कारोबार भएको सुन बुधवार घटेर प्रतितोला २ लाख ९२ हजारमा कायम भएको छ ।
त्यसैगरी, बुधवार चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला ५ हजार ८५ रुपैयाँमा कायम भएको चाँदी बुधवार ४ हजार ९६० रुपैयाँमा कायम भएको हो ।
















