Dhulikhel Eco Banner new

प्रतितोला १ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

4.78K
shares

काठमाडौं, ८ जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य १ सयले घटेको हो ।

महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९३ हजार ८ सयमा कारोबार भएको सुन शुक्रवार घटेर प्रतितोला २ लाख ९३ हजार ७ सयमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला ५ हजार ५० रुपैयाँमा कायम भएको चाँदी शुक्रवार ५ हजार १ सय १५ रुपैयाँमा कायम भएको हो ।