एकैदिन प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५१
shares

काठमाडौं, १५ जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य ५ हजार ६ सयले बढेको हो ।
महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ८५ हजारमा कारोबार भएको सुन शुक्रवार बढेर प्रतितोला २ लाख ९० हजार ६ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि १७५ रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कायम भएको चाँदी शुक्रवार ५ हजार ४० रुपैयाँमा कायम भएको हो ।









