Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

572
shares

काठमाडौं, २४ भदौ । स्थानीय बजारमा बुधबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ३ हजारले घटेको हो ।

महासंघका अनुसार सुन मगंलबार प्रतितोला ३ लाख ५ हजार ४ सयमा कारोबार भएको सुन बुधबार घटेर ३ लाख २ हजार ४ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । मगंलबार ४ हजार ७ सय ९० मा कारोबार भएको चाँदी घटेर बुधबार ४ हजार ७ सय ५० रुपैंया मा कायम भएको हो ।