Dhulikhel Eco Banner new

शेयर बजार राताम्मे, २ अर्ब पनि पुगेन कारोबार

6.94K
shares

काठमाडौं, २५ साउन । साताको चौंथो कारोबारको दिन पनि शेयर बजारले ओरालो गति लिएको छ । बुधबार नेप्से परिसुचक ५ दशमलव ११ अंकले घटेको छ । आज नेप्से परिसुचक शुन्य दशमलव २५ प्रतिशतले घटेर २०५७ दशमलव ६८ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६९ अंकले ओरालो लागेको छ । आज दिनभर भएका ३६ हजार १ सय ३४ कारोबारबाट २१८ कम्पनीका ४६ लाख ४० हजार ८ सय ४४ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज दिनभर भएको सम्पूर्ण कारोबार भने १ अर्ब ९३ करोड ५५ लााख २० हजार १ सय ४७ मा खुम्चिएको छ ।