घट्यो सुनको मूल्य, कति छ बजार भाउ ?
वि.सं.२०७९ भदौ ६ सोमवार ११:२४
7.9K
shares
shares

काठमाडौं, ५ भदौ । सुनको भाउ २०० रुपैयाँले घटेको छ । भदौ ६ गते छापावाल सुनको भाउ ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तथा चाँदीको भाउ १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँ र चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो ।

















