लगातार घट्दै छ सुनको भाउ, कति छ बजार मूल्य ?
वि.सं.२०७९ भदौ ७ मंगलवार ११:११
6.66K
shares
shares

काठमाडौं, ७ भदौ । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।त्यस्तै, चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ । सोमवार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको थियो ।

















