घट्यो सुनको मूल्य, कति छ बजार भाउ ?
वि.सं.२०७९ भदौ १६ बिहीवार १२:०४
5.11K
shares
shares

काठमाडौं, १६ भदौ । आज अर्थात बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ६ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

















