Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्यमा स्थिरता, कतिमा हुदैछ कारोबार ?

4.06K
shares

काठमाडौं, २६ भदौ । आज आइतबार सुनचाँदीको भाउ स्थिर छ । शुक्रबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा स्थिर छ ।

आज चाँदीको भाउ तोलाको १ हजार १ सय ५० रुपैयाँमै किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ४ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ७३ रुपैयाँ कायम गरेको छ ।