Dhulikhel Eco Banner new

फेरि बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो बजार मूल्य ?

5.1K
shares

काठमाडौं, ६ असोज । स्थानीय बजारमा पनि बिहिबार सुनको भाउमा वृद्धि भएको छ । बुधबार तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।