शेयर बजार ओरोलो लाग्ने क्रम जारी, परिसूचक २०९१ विन्दुमा
वि.सं.२०७९ फागुन ३ बुधवार १५:१७
shares

काठमाडौं, ३ फागुन । शेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबार हुने चौथो दिन शेयर बजारमा करिब १४ अंकको गिरावट आएको हो । बुधबार कारोबार बन्द हुँदा बजार १३ दशमवल ९० अंकले घटेको हो ।
पछिल्लो समय लगातार रुपमा घटिरएको बजार परिसूचक बुधबार २०९१ विन्दुमा पुगेको छ । बुधबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक २०९१ दशमलव ५६ विन्दुमा पुगेको हो । बुधबार २५६ कम्पनीका ४८ लाख १५ हजार १२० कित्ता शेयर किनबेचबाट १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै बुधबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरोलो लागेको छ । बुधबार १ दशमवल ६६ अंकले घटेको सेन्सेटिभ भन्डेक्स ४०० दशमवल ०३ विन्दुमा पुगेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समक्षा पछि शेयर बजार ओरालो लागिरहेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर बजारका समस्या समाधानमा खासै नबोलेका कारण शेयर बजामा उत्साह नदेखिएको लगानीकर्ताहरुको भनाइ छ ।



















