शेयर बजारमा देखिएन सुधार, सोमबार २३ अंकको गिरावट
वि.सं.२०७९ फागुन ८ सोमवार १५:१३
shares

काठमाडौं, ८ फागुन । शेयर बजार घट्ने क्रमले साेमबार पनि निरन्तर्ता पाएको छ । अघिल्लो हप्ता पनि निकै ठूलो अककाे गिरावट आएको शेयर बजारमा यो हप्ता पनि सुधार हुन सकेन । हप्तामा पहिलो कारोबार भएकाे साेमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
सोमबार शेयर बजार २३ दशमलव ६० अंकले घटेर २०४६ दशमलव ८१ अंकमा पुगेको छ । सोमबार २५८ कम्पनीका ६० लाख ९१ हजार ३५३ कित्ता शेयर किनबेचबाट १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ ४२ पैसाको कारोकार भएको छ ।
सोमबार सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ९१ अंकले घटेको छ । सोमबारको कारोबार बन्द हुँदा सेन्सेटिभि इन्डेक्स ३९१ दशमलव ५४ अंकमा पुगेको छ ।

















