अमेरिकी डलरको भाउ स्थिर, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० असार ४ सोमवार ०९:५७
5.67K
shares
shares

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार सोमबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ०३ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६७ पैसा र बिक्री दर १६८ रुपैयाँ ४४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०४ पैसा रहेको छ ।



















