भारतीय गोलभेँडा प्रतिकेजी ४५ रुपैयाँमा पाइन्छ, नेपाली गोलभेँडाको मूल्य कति ?
वि.सं.२०८० असार ६ बुधवार १०:१८
5.36K
shares
shares

काठमाडौं, ६ असार । काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारीको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार ठुलो नेपाली गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै गोलभेँडा ठूलो भारतीयको पनि ४५ रुपैयाँ नै कायम छ भने गोलभेँडा सानो टनेलको १४, आलु रातोको ४५, आलु रातो भारतीयको ३६, प्याज सुकेको भारतीयको ५२, मुला रातोको ४०, हरियो प्याजको १०० रुपैयाँ रहेको छ ।















