Dhulikhel Eco Banner new

बढ्यो युरोको भाउ, कुन देशको विनिमय दर कति ?

3.65K
shares

काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरोको दर हिजोको तुलनामा बढेको छ । हिजो एक युरोकोे खरिद दर १४४ रुपैयाँ ८४ पैसा र विक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको थियो ।

आज युरो एकको खरिद दर १४५ रुपैयाँ १० पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा पुगेकोे छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २१ पैसा र बिक्री दर १३२ रुपैयाँ ८१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।