बढ्यो सुनचाँदीको मूल्य
वि.सं.२०७९ जेठ २० शुक्रवार ११:२८
shares

काठमाडौं, २० जेठ । साताको अन्तिम दिन शुक्रवार स्थानिय बजारमा सुनको मूल्य बढेको छ । साताको अन्तिम दिन शूक्रबार एकैदिन प्रतितोला ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
विहिवार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घटेको छ । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔस १ हजार ८६७.७९ डलर पुगेको छ ।



















