निरन्तर सुनको मूल्य स्थिर, घट्यो चादीँको मूल्य
वि.सं.२०८१ माघ २१ सोमवार ११:१५
3.73K
shares
shares

काठमाडौं, २१ माघ । स्थानीय बजारमा सोमवार सुनको स्थिर रहेको छ । आइतवार १ लाख ६२ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमवार पनि सोहि मूल्यमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै, सोमवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । आइतवार तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर सोमवार तोलामा १ हजार ८९५ रुपैयाँमा कायम भएको छ ।

















