Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.91K
shares

काठमाडौं, ८ फागुन । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार तोलामा १ लाख ७० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार ५ सयले बढेर तोलामा १ लाख ७१ हजारमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर १ हजार ९९५ मा कायम भएको छ ।