Dhulikhel Eco Banner new

सुनको मुल्यमा नयाँ रेकर्ड, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.44K
shares

काठमाडौं, २० भदौ । स्थानिय बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य प्रतितोला २ हजार ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार प्रतितोला २ लाख ७ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य शुक्रबार २ हजार ५ सयले बढेर प्रतितोला २ लाख १० हजार ४ सय कायम भएको हो ।

त्यस्तै शुक्रबार चाँदीको मुल्य भने १० रुपैयाँले बढेको छ । बिहीवार २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य शुक्रबार बढेर २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ ।