GBIME

टेलिचलचित्र खहरेघाट प्रसारण हुँदै

2.08K
shares

काठमाडौं, १८ असार । नेपाली सामाजिक कथा बस्तुमा आधारित टेलिचलचित्र खहरेघाट आजदेखि प्रशासण हुने भएको छ । मि टिभी एच डि ले तयार पारको टेलिचलचित्र हरेक शनिबार साँझा ७ः३० बजे नेपाल टेलिभिजबाट प्रशासन हुने छ । यसको पहिलो अंक आज प्रसाण हुने भएको हो । यसका साथै सोही दिन बेलुका ८ बजे मि टिभी एच डि मार्फत प्रशारण हुने छ ।

टेलिचलचित्रमा किशोर अनुराग को कथा तथा निर्देशन रहेको छ । टेलिचलचित्रमा देश भक्त खनाल, बिद्या कार्की, किशोर अनुराग्, लब शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोश थापा, साक्षी सिंह भण्डारी, सुमन बिष्ट, रिता थापा, शशी थापा र दिनेश खड्का लगाएतको अभिनय रहेको छ । उक्त टेलिचलचित्रमा पटकथा तथा मुख्य सहाएक निर्देशकको रुपमा इच्छा सिंह, छायांकनमा आनन्द प्रभाकर घिमिरे रहेका छन् ।समिर मियाको सम्पादन रहेको टेलिचलचित्रमा शीर्ष गीतमा शशी बिक्रम थापा, निर्माता आनन्द प्रभाकर घिमिरे र हरी भण्डारी रहेका छन् । उक्त टेलिचलचित्रको कार्यकारी निर्माता निदेश अधिकारी हुन् । यस टेलिचलचित्र लाई रेस्कु कृयसन को सहकार्यमा मदर ल्यान्ड फिल्मिस प्रा लि ले निर्माण गरेको हो ।

टेलिचलचित्र खहरेघाट २०६३को नाटक महोत्सव मा पुरस्कृत नाटक हो । यो टेलिचलचित्रमा सुकुम्बासी बस्तिको कथा देखाउन खोजिएको छ््र । बस्ती भित्रको दुख, रोग, भोक, अशिक्षा, अभाब लगाएतका पक्षहरु समेटिएको छ । कथाको मुख्य पाटोमा एक शिक्षित सुकुम्बासी जो आफ्नो बुवाले झै भारी बोक्न चाहदैनन तर उनि बेरोगार छन् । सुकुम्बाआसी बस्तिमा रहेका एक परिवार जहाँ बुवा, आमा, छोरा र उसको श्रीमती छिन् । यही पात्रहरुको भोगाइ, खुशी, पिडा अनि त्यो सुकुम्बाआसी समाज को सेरोफेरो मा टेलिचलचित्र अघी बढ्ने छ ।