जान्नुहोस् डिभोर्सको प्रावधान नभएको देश कुन हो ?
वि.सं.२०७९ जेठ ७ शनिवार १७:३४
shares

काठमाडौं, ७ जेठ । विश्वका विभिन्न देशमा विभिन्न किसिमका कानुनहरु प्रचलनमा रहेका छन् । देशको अवस्था र परिस्थिती अनुसार देशका कानुनहरु फरक हुने गरेका छन् । आज हामीले कुरा गर्न खोजेको कुरा हो डिभोर्स अर्थात सम्बन्ध विच्छेदका विषयमा कानुनी प्रावधान नभएको देश कुन हो ?
सम्बन्ध विच्छेद अर्थात डिभोर्सको प्रावधान नभएको देश पनि यो विश्वमा रहेको छ भन्दा तपाइलाई अच्चम लाग्न सक्छ तर यो साँचो हो । डिभोर्सका विषयमा आआफ्नै परम्परा, नियम र कानुन रहेका छन् । तर विश्वमा एक यस्तो देश पनी छ जहाँ डिभोर्स सम्बन्धी कुनै प्रावधान नै छैन । त्यो देश हो फिलिपीन्स ।
फिलीपीन्स विश्वको एकमात्र यस्तो देश हो जहाँ डिभोर्सको कुनै व्यवस्था छैन । खासमा फिलीपीन्स कैथोलिक देशको समुहको एक हिस्सा हो । कैथोलिक चर्चका कारण यस देशमा डिभोर्सको कुनै प्रावधान छैन । पोप फ्रान्सिस सन् २०१५ मा फिलीपीन्स गएका बेला उनले त्यहाका धर्मगुरुसंग डिभोर्सका प्रावधान राख्न अपील गरे । तर फिलीपीन्समा ‘डिर्भोसी कैथोलिक’ हुनु अपमानजनक मानिने भएकाले उक्त कुरा स्विकार गरीएन ।
फिलीपीन्सका ईसाई धर्मगुरुले पोप फ्रान्सिसको अपील मानेनन् । उनीहरु विश्वभरमा फिलीपीन्स डिभोर्स नहुने एकमात्र देश बनेकोमा गर्व गर्छन् । फिलीपीन्समा डिभोर्सको प्रतिबन्ध केवल ईसाइहरुमा मात्र रहेको छ । त्यहाँ बसोबास गर्दै आएका ७ प्रतिशत इस्लाम समुदाय आफ्नो धार्मीकता अनुसार डिभोर्स गर्दै आएका छन् । – एजेन्सी

















