Dhulikhel Eco Banner new

महोत्तरीमा चालिस वर्षमा जनसङ्ख्या दोब्बर

5.81K
shares

काठमाडौं, ३ भदौ । महोत्तरीमा चार दशकको अवधिमा जनसङ्ख्या करिब दोब्बर भएको छ । विसं २०३८ र पछिल्लो २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कले सो अवधिमा जनसङ्ख्या झन्डै दोब्बर देखाएको हो ।

विसं २०३८ मा जिल्लाको जनसङ्ख्या तीन लाख ६१ हजार ५४ रहेकामा २०७८ सालको जनगणनामा जिल्लाको जनसङ्ख्या सात लाख छ हजार नौ सय ९४ पुगेको तथ्याङ्क कार्यालयले जनाएको हो । उक्त जनसङ्ख्या २०३८ सालकोेभन्दा दोब्बर हुन मात्र १५ हजार १४ ले कम छ । पछिल्लो जनसङ्ख्यामा महिला तीन लाख ५७ हजार आठ सय ३५ ९५० दशमलव ६७ प्रतिशत० र पुरुष तीन लाख ४९ हजार एक सय ५९ ९४९ दशमलव ४० प्रतिशत० रहेको केन्द्रीय तथ्याङ्क विभागको प्रामाणिक अभिलेखलाई उद्धृत गर्दै कार्यालय प्रमुख श्याम साहले बताएका छन् ।

जिल्लामा सबैभन्दा बढी जनसङ्ख्या भएका जातिगत समुदायमा क्रमशः यादव, मुस्लिम, धानुक, कोइरी, तेली, मुसहर, चमार, खत्वे र पासवान रहेका छन् । तथ्याङ्कअनुसार यादव एक लाख १० हजार सात सय २९ ९१५ दशमलव ६६ प्रतिशत०, मुस्लिम एक लाख सात हजार तीन सय ७३ ९१४ दशमलव ६९ प्रतिशत०, धानुक ४५ हजार दुई सय ५१ ९छ दशमलव चार प्रतिशत०, कोइरी ४० हजार तीन सय ८१ ९पाँच दशमलव ७१ प्रतिशत०, तेली २९ हजार नौ सय ५३ ९पाँच दशमलव ७१ प्रतिशत० र मुसहर २७ हजार तीन सय ५२ ९तीन दशमलव ८७ प्रतिशत० छन् । यसैगरी कम जनसङ्ख्या रहेका जातिगत समुदायमा सबैभन्दा कम सिख दुई जनामात्र छन् ।

यसैगरी बेलदार ११, कुशबरिया १४, राना थारु १६, कमर र आठपहरिया १८/१८, लिम्बू २०, जैन २६, राजवंशी २८, हायु ४१ र शेर्पा ५१ जनामात्र छन् । यिनमा हिन्दू धर्म मान्ने सबैभन्दा बढी पाँच लाख ८४ हजार पाँच सय १३ ९८२ दशमलव ६७ प्रतिशत० छन् । यसैगरी इस्लाम धर्म मान्ने एक लाख नौ हजार नौ सय १४ ९१५ दशमलव ५४ प्रतिशत०, बौद्ध परम्परामा १० हजार नौ सय ५३ ९एक दशमलव ५५ प्रतिशत०, इसाइ एक हजार एक सय ३७ ९० दशमलव १६ प्रतिशत०, प्रकृति दुई सय ३० ९० दशमलव ०३ प्रतिशत०, किरात दुई सय १९ ९० दशमलव ०३ प्रतिशत०, जैन २६ ९० दशमलव ००३ प्रतिशत० र सिख दुई जनामात्र अर्थात् ९० दशमलव ०००३ प्रतिशत० राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ ।

जिल्लामा जम्मा एक लाख ४० हजार सात सय ३० घर छन् । जसमा ७९ प्रतिशत आवास, सात दशमलव ०७ प्रतिशत गोठ, धन्सर, मतान, व्यापार प्रयोजनका तीन दशमलव ०१ प्रतिशत छन् । जिल्लाको कूल साक्षरता प्रतिशत ५९ दशमलव आठ रहेकामा पुरुष साक्षरता ६८ दशमलव चार र महिला ५१ दशमलव प्रतिशत रहेका छन् ।

जिल्लाको पछिल्लो दशकको जनसङ्ख्या वृद्धिदर एक दशमलव १४ प्रतिशत र लैङ्गिक अनुपात ९७ दशमलव ५८ प्रतिशत रहेको प्रकाशित तथ्याङ्कमा उल्लेख छ ।