Dhulikhel Eco Banner new

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सिबी लामा पक्राउ

5.72K
shares

काठमाडौं १८ जेठ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेका छन । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड अपचलन गरेको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक पनि हुन् ।

यसअघि २०८० फागुनमा कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।