Dhulikhel Eco Banner new

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

5.76K
shares

काठमाडौं, १२ पुस । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनिले आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु २,५०,०१,५७,४०० दुई अर्ब पचास करोड एक लाख सन्ताउन्न हजार चार सयको ८५ का दरले रु २०,००,१२,५९२ (बिस करोड बाह्र हजार पाँच सय बयानब्बे रुपैयाँ) लाभांशमा लाग्ने कर समेतका लागि नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनीको पौष ११ गते दिउँसो ३ः०० बजे बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट नगद लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

साथै, प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको बत्तीसौं बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने व्यहोरा कम्पनीेले जानकारी  दिएको छ ।