Dhulikhel Eco Banner new

राष्ट्र बैंकले ५ अर्ब ५५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

3.56K
shares

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले आगामी दिनमा बैंकहरुको मुद्दती निक्षेपमा ५ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। यस अन्तर्गत राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई ३६६ दिनको मुद्दती निक्षेपको रूपमा लगानी गर्ने योजना बनाएको छ।

राष्ट्र बैंकले पुस १७ गते साँझ ७ बजेसम्म यस निक्षेपको लागि ब्याजदरको प्रस्ताव आह्वान गर्ने जनाएको छ। राष्ट्र बैंकले कुल रकममध्ये वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

केन्द्रीय बैंकले यस लगानीको अवधि सन् २०२६ जनवरी ५ देखि २०२७ जनवरी ५ सम्म ३६६ दिन रहने जानकारी दिएको छ।