Dhulikhel Eco Banner new

शेयर बजारमा १७४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

5.15K
shares

काठमाडौं, १४ पुस । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.८९ अंकले घटेर २६२२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ३.८३ प्रतिशतका दरले गुमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ३.१७ प्रतिशतका दरले गुमाएका छन् भने एनआइसी एशिया बैंकका लगानीकर्ताले २.९९ प्रतिशतका दरले गुमाएका छन् ।