Dhulikhel Eco Banner new

देशभरको मौसम मुख्यतया सफा, कोशीको तराईमा हल्का वर्षाको सम्भावना

169
shares
काठमाडौँ — हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज बिहानैदेखि पहाडी तथा हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ । यद्यपि, तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ । यस्तै, कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशीको तराई भेगका एक–दुई स्थानमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना कायमै रहेको महाशाखाले उल्लेख गरेको छ । भोलि बिहानपख तराई, उपत्यका र खोँचहरूमा पुनः हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।