Dhulikhel Eco Banner new

शेयर बजारमा ८९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.9K
shares

काठमाडौं, १६ पुस । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १०.८७ अंकले बढेर २६३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन १०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६का लगानीकर्ताले ९.६१ प्रतिशतका दरले गुमाएका छन् भने स्वाभीमान लघुवित्तका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी इन्वा हाइड्रोपावर र सानीमा लार्ज क्यापका लगानीकर्ताले ३.६१ प्रतिशतका दरले गुमाएका छन् ।