Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ४ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.38K
shares

काठमाडौं, १७ पुस । स्थानीय बजारमा बिहीवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला २ लाख ६१ हजारमा कारोबार भएको सुनको मुल्य बिहिवार १ हजार ४ सयले घटेर तोलामा २ लाख ५९ हजार ६ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मुल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधवार प्रतितोला ४ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बिहीवार तोलामा ४ हजार ४१५ रुपैयाँमा कायम भएको छ ।