गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ पुस १७ बिहीवार ११:३५
3.09K
shares
shares

काठमाडौं, १७ पुस । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ६० हजार ७३९.७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात माघ २१ गतेभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
उक्त अवधिसम्ममा उक्त शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर खरिद प्रक्रिया अघि बढाइने छ ।















