Dhulikhel Eco Banner new

भुजुङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ बाँडफाँड

2.99K
shares

 

काठमाडौं, १७ पुस । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) पुस १७ गते बाँडफाँड गरेको छ।

कम्पनीले पुस ३ गतेदेखि पुस ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको थियो।

आईपीओ निष्कासन अवधिभर कुल ६९ हजार ४६५ जनाले आवेदन दिएका थिए। तीमध्ये ८ जनाको आवेदन रद्द भएपछि ६९ हजार ४५७ जना योग्य आवेदकबाट १० लाख ७९ हजार ९५० कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ।

निष्कासित कित्ताभन्दा माग अत्यधिक भएपछि गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको हो। बाँडफाँडअनुसार १० हजार जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् भने ५९ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।

आईपीओ बाँडफाँडसँगै लगानीकर्ताहरूले आफ्नो नतिजा सम्बन्धित क्यापिटल, सिआस्वा प्रणाली तथा मेरोशेयरमार्फत हेर्न सक्नेछन्।