दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ पुस १७ बिहीवार १५:०८
shares

काठमाडौं, १७ पुस । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.८३ अंकले घटेर २६२० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७१ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी ग्लोबल आइएमई समुन्नत योजना–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।















