Dhulikhel Eco Banner new

शेयर बजारमा १८९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

5.85K
shares

काठमाडौं, १७ पुस । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.८३ अंकले घटेर २६२० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा ग्लोबल आइएमई समुन्नत योजना–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन बोर्टलस तराईका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले गुमाएका छन् भने सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ३.०४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी लक्ष्मी लघुवित्तका लगानीकर्ताले २.९३ प्रतिशतका दरले गुमाएका छन् भने १०.२५प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८३र८४का लगानीकर्ताले २.९१ प्रतिशतका दरले गुमाएका छन् ।