दोहोरो अंकले बढेको शेयर बजारमा यी ७ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ पुस २१ सोमवार १५:३६
shares

काठमाडौं, २१ पुस । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २८.७३ अंकले बढेर २६३५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ४८ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सागर डिष्टीलरी, एसवाई प्यानल, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज, बन्दीपुर केबलकार र रुरु जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी पाच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी बाराही हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने दरमखोला हाइड्रोका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन् ।















