Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.63K
shares

काठमाडौं, २३ पुस । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.३५ अंकले घटेर २६३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन फष्र्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले कमाएका छन् भने शुभम पावरका लगानीकर्ताले २.६७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सयपत्री हाइड्रोपावरका लगानकिर्ताले २.६३ प्रतिशतका दरले कमाएका छन् भने मन्जुश्री फाइनान्सका लगानीकर्ताले २.५६ प्रतिशतका दरले कमाएका छन् ।