Dhulikhel Eco Banner new

आदर्श लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै

4.99K
shares

काठमाडौं, १३ असार । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमबार आज)( बाँडफाँड हुँदै छ । असार १ गतेदेखि बिक्री खुल्ला भएको आईपीओ सोमाबार बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा करिब १८ लाखको आवेदन परेको छ । लघुवित्तको आइपीओमा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरिदका लागि आवेदन परेके छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता शेयरको ३२१.६८ गुणा बढी हो । यसरी हेर्दा आवेदन दिएकामध्ये ६ हजार २६१ जनाले मात्रै शेयर पाउने छन् ।

लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । आइपीओमा आवेदन गर्ने करिब १७ लाख ९० हजार आवेदकको हात खालि हुने छ ।