Dhulikhel Eco Banner new

कामना विकास बैंकको संस्थापक शेयर बिक्रीमा

5.2K
shares

काठमाडौं, १३ असार । कामना सेवा विकास बैंक लिमिटेडले १९ हजार ३३६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक खरीदकर्ताहरूले कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।