Dhulikhel Eco Banner new

विजय लघुवित्तको एफपीओ बाँडफाँड

5.62K
shares

काठमाडौं, ६ माघ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि पुस २४ गतेसम्म निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) को शेयर बाँडफाँड आज भएको छ।

कम्पनीका अनुसार एफपीओमा कुल २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए। मागभन्दा अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको हो।

बाँडफाँड प्रक्रियामा ४६ हजार ६८१ जना आवेदकले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये ७ जनाले थप १र१ कित्ता गरी कुल ११ कित्ता शेयर हात पारेका छन्।

कम्पनीले ४० हजारभन्दा बढी आवेदन रद्द भएको जानकारी दिएको छ। बाँकी सबै आवेदकले भने शेयर प्राप्त गर्न सकेनन्।