Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

3.45K
shares

काठमाडौं, ७ माघ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.४३ अंकले घटेर २७०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ९२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा कालीका पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले गुमाएका छन् ।